देशको १३ ठाउँमा जुनसुकै समयमा इन्टरनेट काटिनसक्ने आइस्पानको चेतावनी

काठमाडौ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले देशका १३ ठाउँमा जुनसुकै समयमा इन्टरनेट काटिनसक्ने चेतावनी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पोलभाडासम्बन्धी उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी विद्युत् लाइन काटेकाले देशका १३ स्थानमा जुनसुकै समयमा इन्टरनेट सेवा अवरोध हुनसक्ने आइस्पानले जनाएको हो ।

प्राधिकरणले डेटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरको घरबेटीको समेत विद्युत् कटौती गरेको दाबी गर्दै संघले इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहवी, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगेलीमा इन्टरनेट काटिनसक्ने बताएको हो ।

विद्युत् लाइन कटौती भएका स्थानमा अहिले ब्याकअप सिस्टमले चलिरहेको र सिस्टमले धान्न छाडेपछि इन्टरनेट अवरोध आउने संघले जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा सेवा प्रदायकहरू नेपाल सरकारको उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार मात्रै पोलभाडा तिर्न सहमत रहेको उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*