नेपालले घरेलु टोली मलेसियालाई हरायो

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।

युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो ।

जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनायो ।

मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६, सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३र३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले २ तथा एलिस हुन्तरले एक विकेट लिइन् ।

यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा ६ अंक जोडेर तेस्रो स्थान हासिल गरेको छ भने मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*