मकवानपुर गोल्डकप – विजय युथ हेटौंडा शानदार जितसहित सेमिफाईनल प्रवेश

हेटौंडा । हेटौंडा-५ पिप्ले रंगशाला जारी मकवानपुर गोल्डकपमा घरेलु टोली विजय युथ क्लब हेटौंडाले शानदार जित हाँसिल गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।

बिहिबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई ३(० गोल अन्तरले पराजित गर्दै विजय युथ क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । यो संगै अब हेटौंडाले फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबसंग जेठ २७ गते प्रतिस्पर्धा गर्नेछ ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएको थियो भने दोस्रो हाफको ९ औं मिनेटमा विजयी युथका अमिर श्रेष्ठ,१९ औं मिनेटमा सञ्जोग राई र अतिरक्त समयमा सुनिल घलानले एकएक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सुनिल घलान घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।

यसैगरि,आज अपरान्न ४ बजे अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र चर्चव्वाईज क्लब काठमाण्डौबीच हुँदै छ ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*