आईसीसीको नयाँ वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो ।

एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।

यस्तै, टी–ट्वान्टी वरीयतामा पनि नेपाल यथावत रहेको छ । नेपाल १३ औं स्थानमा रहेको छ ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । यस्तै, पाकिस्तान चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।

यसैगरी, टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा भारत, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा पाकिस्तान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*