जयरानीले जितिन् चौथो स्वर्ण

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुले चौथो स्वर्ण जितेकी छिन् ।

उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

आज (बुधबार) पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी सहितको आर्मी टिमले स्वर्ण जितेको छ ।

महिला रिलेमा आर्मीका जयरानी थारु, रमिता थारू, सरस्वती चौधरी र निर्मला थापा सम्मलित आर्मी टिमले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

रिलेमा सहभागी ओलम्पियन सरस्वती चौधरीले यसअघि सय मिटर महिलामा स्वर्ण जितेकी थिइन् ।

यस इभेन्टमा गण्डकीले रजत जित्यो । गण्डकीका मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका हुन् ।

जनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजाला लजाल अमात्य सम्मलित बागमतीले ५२।७६ सेकेन्डसहित कांस्य जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*