अपूर्व सिंह विरुद्धको मुद्दा फिर्ता लिन विवेकशील साझाको आग्रह

विवेकशील साझा पार्टीले कमेडियन अपूर्व क्षितिज सिंह विरुद्धको मुद्दा फिर्ता लिन आग्रह गरेको छ।
कमेडियन सिंहलाई प्रहरीले जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथीतिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोग लगाएको छ।  यो फिर्ता लिन सरकारले पनि पहल गर्नुपर्ने विवेकशील साझा पार्टीको माग छ। “हामी उजुरीकर्तालाई मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गर्दछौं”, विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा कात्तिक ५ गते जारी विज्ञप्तीमा भनिएको छ।

सिंहले युट्युबबाट भिडिओ हटाएर माफी पनि मागी सकेको सन्दर्भमा माफी स्विकार्दै मुद्दा फिर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ।  “विवेकशील साझा पार्टी संवैधानिक रुपमा लिपीबद्ध अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सदा प्रतिबद्ध छ” प्रवक्ता परियारले भनेका छन्, “हामी अभिब्यक्ति स्वतन्तन्त्रताको दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रता सीमाहीन छ भन्ने पक्षमा भने कदापी छैनोैँ।”

यो घट्नाको पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजीत हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्धा दायर गरेकाहरुलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण सरकारले बनाउनु पर्ने उसको माग छ। जिल्ला अदालत काठमाडौंले सिंहलाई कात्तिक ३ गते साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*