सगरमाथामा हिउँ चितुवा (तस्बिरहरू)

काठमाडौँ । सगरमाथाको खुम्बु क्षेत्रमा हिउँ चितुवा देखिएको तस्बिर अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सार्वजनिक गरेकी छिन् ।

५ हजार १६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि पछ्याउँदै गएर ५ हजार ४ सय ८६ मिटर उचाइमा अक्टोबर ८ तारिकमा उक्त तस्बिर खिचिएको उनले आफ्‍नो वेभसाइट लेखेकी छन् ।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उनले पाइलाका आधारमा पछ्याउँदै जाँदा फोटो खिच्‍न सकिएको बताएकी छन् ।

बिहान र साँझमा हिउँ चितुवा निकै आकर्षक देखिने उनले बताएकी छन् ।

तस्बिर : कितिया पावलोभ्स्की

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु