आज दिउँसो ४ बजेदेखि हेटौँडामा नेपथ्य लाइभ कन्सर्ट हुँदै

हेटौँडा । नेपालको चर्चित नेपथ्य ब्याण्डले हेटौँडामा आज कन्सर्ट गर्ने भएको छ । मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आज दिउँसो ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ ।

चौरमा पुगेर गायक अमृत गुरुङलगायतको टोलीले स्टेज परीक्षण समेत सम्पन्न गरिसकेको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौँडामा अझै भव्य कार्यक्रम बनाउने गरी तयारी गरिएको बताए । कार्यक्रमको दिन चौरमा गर्नुपर्ने काम बाहेक सबै सकिएको आश्रमका अभियन्ता हुमनाथ पौडेलले जानकारी दिए ।
मानवीयताको बीउ रोपिएको हेटौंडा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय भएको शहर पनि हो । त्यसैले हेटौँडाले छुट्टै महत्व बोकेको छ । हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान शुरु भएको थियो ।
मानवता प्रवद्र्धनका साथै हेटौँडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषण सहयोगार्थ हुने कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक÷पप गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमका लागि टिकट विक्री करिबकरिब सकिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ ।

मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।
कन्सर्ट यही मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।

अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*