डिना बोलुआर्टे बनिन् पेरुको पहिलो महिला राष्ट्रपति

एजेन्सी । पेरुमा पहिलो पटक डिना बोलुआर्टे महिला राष्ट्रपति चुनिनु भएको छ । पेरुका पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई संसद भङ्ग गर्ने प्रयास गरेकोमा महाभियोग लगाइएको केही घण्टापछि उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको हो ।

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताइरहँदा सांसदहरूले यसलाई बेवास्ता गरेपछि आपत्कालीन बैठकबाट महाभियोग लगाइएको हो ।

महाअभियोग लगत्तै उहाँलाई विद्रोहको आरोपमा हिरासतमा लिइएको छ । सपथ ग्रहण गरेपछि नयाँ राष्ट्रपति बोलुआर्टेले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पूर्व राष्ट्रपति पेड्रो कास्टिलोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आपतकालीन अवस्था घोषणा गर्नुका साथै आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*