बाल गायक सचिन परियार अस्पताल भर्ना

काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्व बिद्ययालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । परियारको स्वास्थ्य अवस्था पीडादायी रहेको उनका आफन्तले बताएका छन् ।

परियार बोल्न समेत नसक्ने अवस्थामा रहेको र खर्चको अभावका कारणले राम्रो उपचार हुन नसकेको उनका परिवारका सदस्यले बताएका छन् ।

एक युट्युबमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गाएका छन् । महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका परियारले केही समय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*