पौष २७ गतेदेखि चित्लाङमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुँदै

मकवानपुर –  मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं. –९ चित्लाङमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता गर्ने भएको छ । स्वच्छन्द्र भैरब युवा क्लवको आयोजनामा यहि पौष २७ गते देखि विगतका वर्षमा झै यस वर्ष पनि जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

भलिबल प्रतियोगिताको लागि टिम दर्ता यहि पौष २६ गते सम्म गर्न स्वच्छन्द्र भैरब युवा क्लवका अध्यक्ष पुण्यमान बलामीले खेलाडि टिमलाई अनुरोध समेत गर्नु भएको छ । जिल्ला स्तरिय भलिबल प्रतियोगिताका विजेताले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संस्थाका सचिव निर्मल विडारीले बताउनु भयो ।

अध्यक्ष बलामीले यस प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायीलगायत सबैसँग साथ सहयोग गर्ने आग्रह समेत गर्नुभएको छ । उक्त क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्धन गर्ने र खेलकै माध्यमबाट गाउँमा रहेका विकृति बिसंगतीलाई हटाउँदै स्थानीय युवाहरुलाई सामाजिक क्षेत्रमा सकृय बनाउने लक्ष्य सहित वि. सं. २०५३ सालमा स्थापना भएको क्लबले आफ्नो स्थापनाकाल देखी नै निरन्तर रुपमा भलिबल प्रतियोगिता संंचालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*