साम्रागी शाह र जितु नेपाल ( मुन्द्रे) हेटौँडाको तासिर स्कुलमा

मकवानपुर, ३ माघ । चलचित्र ‘ह्यारी कि प्यारी’ का कलाकार टोलीको उपस्थितिमा मकवानपुरको हेटौँडा ७ नागस्वति स्थित तासिर स्कूलमा साँगितिक कार्यक्रमको आयोजना भएको छ । विद्यालयको प्राङ्गणमामा चलचित्रका निर्माण टिम तथा कलाकारहरु साम्रागी राज्य लक्ष्मी शाह , जितु नेपाल (मुन्द्रे) सहितको उपस्थितिमा विद्यार्थीहरुमाझ साँगितिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय कलाकारहरुसङ्ग प्रत्यक्ष साक्षात्कार गर्न पाउनुका साथै उनीहरुसँगै नृत्य समेत प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठे बहादुर कार्की, विद्यालयका प्रमुख सल्लाहकार दिलबहादुर शाही , विद्यालय निर्देशक राजन थापा र विद्यालयका  प्रधानाध्यापक  बिनोद शर्मा थपलिया सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

फरक फरक लक्ष्य र उदेश्य भएका विद्यार्थीहरुले आफ्नो लक्ष्य अनुसारकै क्षेत्रमा सक्रिय रहेका कलाकारहरुसँग भेट्न पाउँदा उनीहरुमा पनि आफ्नो लक्ष्य हासिल गर्न दृढ ईच्छा उत्पन्न हुनसक्ने भन्दै कलाकारहरुसँगै साक्षात्कार गर्ने कार्यक्रम राखिएको विद्यालयका प्रधानाध्यापक थपलियाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*