आज हेटौंडा आइडलबाट दुईजना बाहिरिए

२१ माघ,हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायनप्रतियोगितामा आज शनिबार दुई प्रतिस्पर्धी बाहिरेका छन् ।

शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एस एम एसबाट भएको भोटिङको आधारमादुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेकाहुन् । शनिबार मञ्च छाड्नेमाविजयलामा(९) र आवाज सुनार (३) रहेका छन् ।
शनिबार हेटौंडा आइडलमा ६जनाले आफ्नो प्रस्तुती दिएका छन् । जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२),सुस्मिताश्रेष्ठ(४), दीपेश श्रेष्ठ(५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी(८)रहेको आइडलका निर्णायक विजय कार्कीले बताए ।

गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ माएसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले बताएका छन् । टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली आइतबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*