राक्सिराङमा कृषि हाट बजार

हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा कृषि हाट सुरु भएको छ । हाट बजार सुरुवात भएको पहिलो दिन सोमबार २० लाख रुपैयाँको कारोबार भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता तथा बागमती प्रदेशसभाका सदस्य ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा कृषि हाट बजारको उद्घाटन कार्यक्रम भएको हो ।

कृषि हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाका अनुसार पहिलो दिन कृषि हाटमा २७ वटा स्टलहरु राखिएका थिए । कृषि हाटमा रैथानेबाली, कृषि उपजको प्रदर्शनी तथा बिक्रि वितरण भएको थापाले बताउनुभयो ।

पहिलो दिन कृषि हाट बजारको दुई हजार पाँच सय जनाले अवलोकन गरेको उहाँले बताउनुभयो । हरेक महिना १ र १५ गते कृषि हाट बजार संचालन हुनेछ । राक्सिराङ गाउँपालिका र कृषि सहकारी संस्थाहरुको सहयोगमा राक्सिराङ गाउँपालिका–५, चैनपुरमा हाट बजार सञ्चालन गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*