हेटौंडा–११ मा बसले साइकल यात्रीलाई ठक्कर दियो

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङमा बसले साइकलयात्रीलाई ठक्कर दिएको छ । बसको ठक्करबाट हेटौंडा–११, सिमलटारका १४ वर्षीय नवराज खुलाल घाइते भएका छन् ।

आइतबार बिहान ८ बजेर ४० मिनेटको समयमा वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५०३९ नम्बरको बसले भित्रि सडकबाट राजमार्गतर्फ निस्कँदै गर्दा साइकल यात्री खुलाललाई ठक्कर दिएको हो ।

घाइते खुलाललाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको र थप उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । खुलालको टाउकोको हड्डी र बायाँ कुमको हड्डी फ्याक्चर भएको छ । खुलाललाई ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रण छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*