स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुर मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले २२२ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाउन सफल भयो।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रन बनाउँदा टोमस म्याकिन्टोसले ३४ रन बनाए। त्यस्तै, कप्तान रिचि बेरिङ्गटनले ३२ रन बनाउँदा माइकल लिक्सले २९ रन बनाएका थिए। त्यस्तै, म्याथ्यू क्रसले १६ रन बनाउँदा क्रिस ग्राभेसले १४ तथा मार्क वाटले १० रन बनाए।

नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५ विकेट लिँदा टगिनी लुङ्गमेनीले २ विकेट लिएका थिए।

नामिबिया सिरिजको अन्तिम खेलमा जितसहित सिरिजको सुखद अन्त गर्ने प्रयासमा रहेको छ।

पहिलो खेलमा नामिबिया नेपालसँग, दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा पनि घरेलु टोली नेपालसँगै पराजित हुँदै जितविहिन रहेको छ। स्क्टल्यान्डले भने नामिबियालाई अघिल्लो खेलमा पराजित गर्दै विश्वकप क्रिकेट लिग-२ च्याम्पियन बनिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*