स्कटल्याण्ड विरुद्ध सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा स्कटल्याण्डविरुद्ध नेपाली स्पीनर सन्दीप लामिछानेले चार विकेट लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा लामिछानेले स्कटल्यान्डविरुद्ध चार विकेट लिएका हुन्। उनले २२ औं ओभरमा थोमस म्याकिन्टोसको विकेट झारेका हुन्। कुशल मल्लले एक विकेट लिएका छन्। योसँगै नेपालले पाँच विकेट लिएको छ।

स्कटल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि १३ रन खर्चेर उनले ओपनरद्वय काइल कोइट्जर र जर्ज मन्जी तथा कतन रिची बेङ्टिनको विकेट लिए। लामिछानेको आक्रामक बलिङले स्कटल्यान्ड दबाबमा छ।

स्कटल्यान्डले २६ ओभर १३३ रन बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*