हेटौँडामा पुरानो गाडीसँग ईलेक्ट्रिक गाडी साट्दै ईभी कार्स एण्ड मोटर्स

मकवानपुर, १० फागुन । मकवानपुरको हेटौँडामा संचाालित ईभी कार्स एण्ड मोटर्स प्रा.लि. ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग सिजी कम्पनीको ईलेक्ट्रिक भ्यान र नेटा कार साट्न सुरु गरेको छ ।

रुटमा चल्ने सार्वजनिक गाडी र निजि कार साट्न चाहनेले हेटौँडा ११ थानाभर्याङ चुरेहिल हस्पिटल नजिकै संचालनमा रहेको शोरुममा सम्पर्क राख्न सक्ने संचालक युवराज आचार्यले बताए ।

ईभी कार्स एण्ड मोटर्स प्रालि हेटौँडाकै पहिलो विद्युतिय गाडी तथा स्कुटर शोरुम हो । शोरुममा बिजुलीबाट चल्ने कार, सामान बोक्न मिल्ने पिकअप भ्यान, माइक्रोबस तथा स्कुटरहरु बिक्री भैरहेको छ ।

पछिल्लो समयमा हेटौँडामा पनि ईलेक्ट्रिक गाडी तथा स्कुटरहरुको माग बढेको आचार्यले बताए । आफ्नो शोरुममा विद्युतिय सवारीका बारेमा बुझ्नका लागि ग्राहकहरु दिनदिनै आउने गरेको उनले बताए ।

उक्त शोरुमले बिक्री गर्ने विद्युतिय स्कुटर फुल चार्जमा १०० किलोमिटर , ईलेक्ट्रिक भ्यान २५० कि.मि र नेटा कार ३८० कि.मि गुड्ने उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*