एक हजार करोड कमाएर ‘पठान’ ले रेकर्ड तोड्यो

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।

गत सोमबार यता फिल्मले हिन्दीमा कूल १.२० करोड भारतीय रुपैयाँ कमाएको छ भने अन्य भाषामा ५ लाख रुपैयाँ कमाएको छ । यससँगै पठानले सबै भाषाहरू मिलाएर घरेलु बक्स अफिसमा कूल ५ सय १६ करोड कमाएको छ । त्यसैगरी विभिन्न मुलुकबाट फिल्मले त्यतिनै मात्रामा कमाइ गरेको छ । शाहरुखकी प्रवन्धक पूजा डडलानीले पठानको १ हजार करोड कलेक्सनका बारेमा सामाजिक संजालमा आधिकारिक जानकारी दिएकी छिन् ।

एक हजार करोड कमाइ गर्ने ‘पठान’ हिन्दी फिल्ममा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ जनवारी मा रिलिज भएको उक्त फिल्मले अहिले पनि हलहरुमा राम्रो पदर्शन गरिरहेको छ ।

फिल्ममा शाहरुख, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको छ । एक्सन थ्रीलरले भरिपूर्ण ‘पठान’ शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो ।

शाहरुख पछिल्लो समय सन् २०१८ मा चलचित्र ‘जिरो’ मार्फत ठूलो पर्दामा प्रस्तुत भएका थिए । जिरो फ्लप भएपछि शाहरुखले ठूलो पर्दाबाट लामो समय ब्रेक लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*