हेटौंडामा बैंकको एटिएम फुटाउने प्रयास

हेटौंडा । मकवानपुरको हेटौंडा-४ स्थित एनएमबी बैंकको एटिएम मेसिन फुटाएर चोरी गर्ने प्रयास भएको छ ।

आज आइतबार बिहान २ः२० बजेको समयमा एटिएम फटाउने प्रयास भएको प्रहरीले जनाएको छ । एटिएम मेसिनको माथिको कभर फुटाएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार एटिएमको पुरै भाग फुटाउन नसक्दा एटिएमको पैसा भने चोरी भएको छैन् । उनका अनुसार एटिएम मेसिन फुटाउन प्रयास गर्नेको उचाइ अन्दाजी ५ फिट ३ इन्च, कलेजी कलरको हुक लगाएको, साइडमा सेतो धर्का भएको ट्र्याक र सेतो स्पोर्टस जुत्ता लगाएको हुलिया रहेको छ ।

एटिएम फुटाउन खोज्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*