हेटौंडा -११ मा पिकअप भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु

हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपहानगर-११ थानाभर्‍याङमा आज बिहान पिकअप भ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजे नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ च ६९४३ नम्बरको भ्यानले ठक्कर दिँदा नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*