बागमती प्रदेशमा सवारी भाडा दर घट्यो

हेटौंडा । बागमती प्रदेशसमा सवारीको भाडादर घटाइएको छ । संघीय सरकारले सवारीको भाडादर घटाएपछी प्रदेश सरकारले पनि सवारी भाडादर घटाएको हो । संघीय सरकारकोमा भन्दा प्रदेश सरकारको सवारीको भाडादर घटाउने प्रक्रिया अली लामो भएकाले केही दिनपछी मात्र सवारी भाडादर घटेको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिब आस्मान तामाङले बताउनुभयो ।

मन्त्रालयको बैठकबाट भाडादर घटाएर मुख्यमन्त्री कार्यालयको पनि स्वीकृती लिएर राजपत्रमा प्रकासन गरेपछी भाडादर घट्ने भएकाले केही ढिलो भएको तर, सबै सवारीका साधनको भाडा घटेको सचिब तामाङले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।

बुधवार बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेकोहो । आज प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू भएको छ । राजपत्रमा प्रकाशित गर्न बुधवार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको थियो।

उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५।६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय उहाँले बताउनुभयो । यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*