सार्बजनिक सवारी साधनमा सन्देशमुलक स्टिकर र डस्विन वितरण

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर उधोग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११ र ट्राफिक प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बाताबरण दिवसको दोस्रो दिन आज हेटौंडा प्रवेश नाका हेटौंडा १५ रातोमाटेमा सार्वजनिक सवारी साधनबाट राजमार्गमा फोहोर फ्याल्ने कार्य न्यूनीकरण गर्ने उद्देश्यले यात्रु बाहक सवारी साधनमा सन्देश मुलक स्टिकर टास्ने तथा फोहर संकलन गरि राख्न डस्टबिन बितरण गरिएको छ ।

हेटौंडा प्रवेश गर्ने र हेटौंडा भित्र रहेका करिब ६०० भन्दा बढी गाडिहरूमा स्टिकर टासिने र डस्बिन बितरण गरिने नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा-११ का अध्यक्ष जुना दाहाल, न्यायिक समिति सदस्य ज्ञान बहादुर थापा, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, ट्राफिक प्रहरी प्रमुख बसन्त आचार्य, हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख चन्दा खड्का, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*