काठमाडौंका सिनेमाघरहरुमा हिन्दी फिल्म चल्न थाले

काठमाडौं । उच्च अदालत पाटनले बिहीबार काठमाडौंमा हिन्दी फिल्म चल्न दिने आदेश दिएसँगै शुक्रबारदेखि काठमाडौंका सिनेमाघरहरुमा हिन्दी फिल्म चल्न थालेका छन् ।

काठमाडौंका सिनेमाघरहरुमा बलिउड अभिनेता बिक्की कौशल र सारा अली खान अभिनीत ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो ।

उच्च अदालत पाटनको आदेशसँगै बिहीबार चलचित्र संघले काठमाडौँमा हिन्दी फिल्म चलाउने निर्णय गरेको थियो । उच्च अदालतको आदेशलाई चुनौती दिँदै काठमाडौंका मेयर बालेन साहले काठमाडौंका हलहरुमा हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*