आज बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी छलफल हुने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउसो बस्ने भएको छ । आजको छलफलमा प्रदेश सरकारले ल्याएको बजेट माथी छलफल हुने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो ।

उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभा सचिवालयमा आज बसेको कार्यपरार्मश व्यवस्थापन समितिको बैठकले उक्त कार्यसूची तयार पारेको हो ।

गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

यस्तै, सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगतै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै उक्त बैठक स्थगित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*