दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन

काठमाडौँ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले  बताए ।

गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ का अनुसार १० बजेर १३ मिनेटमा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर लुक्ला टावरको सम्पर्ककमा आएको थियो । त्यसपछि हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*