नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले दियो सांगठनिक गतिविधिलाई तीव्रता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीका विभिन्न निकायलाई गतिशिल बनाउन आन्तरिक छलफल थालेका छन् । उनले प्रदेशका २५ मध्ये १३ वटा विभाग गठन गरिसकेका छन् । बागमती कार्यसमितिले पार्टी संगठनलाई सुदृढ गराउने अभियानको थालेको उनको भनाइ छ । पार्टीका विभिन्न विभाग गठन गरिएको छ ।

विधानत २५ वटा विभाग छ । त्यसमा हामीले थप, घट गर्न सकिने भन्ने विधानमा व्यवस्था छ । अहिलेसम्म हामीले १३ वटा विभाग गठन गरिसकेका छौं । त्यसलाई विस्तार गर्ने काम भइरहेको छ । सात आठ वटा विभागले पूर्णता पाइसकेको अवस्था छ, बानियाँले भने ।

बागमती प्रदेश कार्यासमिति पार्टी विधानको व्यवस्था अनुसार सञ्चालन भइरहेको उनको दाबी छ । बानियाँले भने, केन्द्र र जिल्लामा निमयत बैठक छैन । पार्टी विधान अनुसार चलेन भन्ने गुनासो छ । तर हामीले विधान अनुसार पार्टीका बैठक गरिरहेका छौं ।

पार्टीको गतिविधिलाई चलायमान बनाएर विधान बमोजिम पार्टीको प्रदेश सम्मेलन गराउने तयारीमा रहेको उनले बताए ।

बानियाँले केही दिनअघि बागमती प्रदेश अन्तगर्तका जिल्ला सभापतिलाई बोलाएर जिल्ला सम्मेलन सम्पन्न गराउन निर्देशन दिएका थिए । कतिपय जिल्लाले जिल्ला सम्मेलन गरिसकेको अवस्था पनि छ । केही जिल्लामा केही दिनमा जिल्ला सम्मेलन हुन्छ । पार्टीलाई विधान र विधिसम्म लानुपर्छ, उनी भन्छन् ।

मुलुक संविधान र पार्टीको विधान संशोधनका लागि पनि प्रदेश कार्यसमितिले बहस थालेको उनले बताए । पार्टीको विधान नेता मुखी नभइ नीति मुखी बनाउनुपर्ने बानियाँको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*