उडान डिले भएपछि छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ ।

तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*