हेटौंडा अस्पतालमा कर्मचारीको करार अवधि सकिएपछी उपचार सेवा प्रभावित

हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठनाद्वारा सञ्चालित हेटौंडा अस्पतालमा करारमा नियुक्त गरिएका डाक्टर, नर्ष लगायतका कर्मचारीहरुको करार अवधि सकिएपछी सेवा प्रभावित हुन थालेको छ । अस्पतालको इमरजेन्सी र ओपीडामा कार्यरत डाक्टरहरुनै यही साउन १ गतेबाट आउन छोडेपछी अस्पतालको सेवा प्रभावित भएको हो ।

तत्काल बिरामी पर्दा वा दुर्घटना पर्दा अस्पतालको इमरजेन्सीमा बिरामी पुग्ने गरेका छन् तर, इमरजेन्सीमा समेत केही डाक्टर आउन छाडेपछी उपचार सेवा प्रभावित भएको सेवाग्राहीहरुले बताएका छन् ।

बितेको आर्थिक वर्षमा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नियुक्त गरेका १४४ जना कर्मचारीहरुको साउन १ गते देखि करार अबधि सकिएको छ । करार अबधि सकिएपछी फेरी जागिरको सुनिश्चितता नभएपछी स्वाथ्यकर्मीहरु अस्पतालमा काम गर्न आउन छोडेका छन् । त्यसैले सेवा प्रभावित भएको हो ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिष्ठानबाट कटौती गरेर अस्पतालको खातामा पठाएपछी हेटौंडा अस्तालको उपचार सेवा प्रभावित भएको छ । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा कार्यरत २१४ जना कर्मचारी हटाएर आफ्नालाई राख्न खोज्दा यो समस्या सृजना भएको हो ।

अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्ष लगायतका १४४ जना कर्मचारी र ७० जना स्वीपर र सेकुरेटी गार्डहरु समेत कतौती गर्न खोजेपछी थप समस्या भएको हो । कर्मचारीहरु करारमा राखिएको र सेकुरेटी अनी स्वीपरहरु भने ठेक्का मार्फत राखिएको थियो ।

हेटौंडा अस्पताल अहिले सम्म ५० बेढमा स्वीकृत अस्पताल हो । तर, प्रतिष्ठान र अस्पताल विकास समितिले बेढहरु थपेर करार र ज्यालादारीमा स्वीपर देखि डाक्टर सम्मलाई नियुक्ती गरेर सेवा विस्तार गरेको छ ।

पछील्ला वर्षहरुमा अस्पतालमा बिभीन्न रोग लागेका बिरामीहरु शल्यक्रिया पनि निरन्तर रुपमा हुँदै आएको छ । यहाँको उपचारबाट मकवानपुर जिल्लाका धेरै नागरिक सन्तुष्ट समेत छन् । तर, प्रदेश सरकारले बितेको आर्थिक वर्षमा पठाएको बजेट चालु आर्थिक वर्षमा नपठाउनेगरी बजेट कटौती गरेकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले कर्मचारी कटौती भएका हुन् ।

सुरक्षा गार्ड, सुवीपरहरुलाई भने अस्पतालले तत्काल करारमा वा ज्यालादारीमा राख्न सक्ने कानूनी व्यवस्था रहेको छ । तर, डाक्टर, नर्ष, ल्याबमा प्रशासनमा कार्यरत कर्मचारीहरुलाई करार अवधि थप गर्नका लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा पठाउनुपर्ने रकम हेटौंडा अस्पतालको खातामा पठाएकाले थप समस्या भएको हो ।

प्रतिष्ठानमा पठाएको भए अहिले काम गरिरहेका कर्मचारीहरुलाई निरन्तर्ता दिनका लागि सजिलो भएपनि अस्पतालमा पठाएर स्वास्थ्य मन्त्रालयले फेरी करारमा सूचना निकालेर कर्मचारी भर्ना गर्न लागेकाले समस्या सृजना भएको अस्पतालले जनाएको छ ।

डाक्टरहरु नआएकै कारण हेटौंडा अस्पतालमा उपचार गर्न आउने बिरामहरुको ओपीडीमा लामो लाइन लाग्न थालेको छ । भएका डाक्टरलाई उपचार गर्न भ्याइ नभ्याइ भएको बताउँछन् ।

यता हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले भने केही डाक्टर र नर्षहरुले करार अवधि सकिएपछी आउन छाडेको बताउनुभयो । केही भने अहिले पनि निरन्तर रुपमा काम गरिरहेको बताउनुभयो । केही डाक्टर आउन छोडेपनि अस्पतालको उपचार सेवा प्रभावित हुन नदिएको उहाँले बताउनुभयो । अब प्रक्रिया पुर्याएर कर्मचारीहरु राख्ने तयारी भएको बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भने चालु आर्थिक वर्षमा सूचना प्रकाशन गरेर करारमा कर्मचारीहरु राख्नका लागि अर्थ मन्त्रालयसंग स्वीकृतिको चरणमा रहेको बताउनुभयो । करार अवधि सकिएका कर्मचारीहरुको म्याद सकिएरपछी पनि केही समयलाई उपचार सेवा प्रभावित हुन नदिनका लागि अस्पताललाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । अब अर्थ मन्त्रालयको स्वीकृतिपछी सूचना निकालेर नयाँ भर्नाको चरणमा जाने उहाँले बताउनुभयो ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*