मापदण्डविपरित एम्बुलेन्समा रङ परिवर्तन गरेपछि रास्वपाको विरोध, एम्बुलेन्स फिर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोबाइल क्लिनिक सञ्चालनका लागि रङ परिवर्तन गरि सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) भरतपुरलाई फिर्ता गरेको छ।

पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित रङ परिवर्तन गरी सञ्चालनमा ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि रास्वपाले एम्बुलेन्स पुरानो मेडिकल कलेजललाई नै फिर्ता गरेको हो।

रास्वपाका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाटआफु बिजयी भएको एकसय दिन पुगेको अवसरमा ६५ वर्ष माथिका वृद्धवृद्धालाई टोल टोलमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए।

त्यसका लागि उनले पुरानो मेडिकल कलेजमा रहेको ना २ ख ५६१९ नम्बरको पुरानो एम्बुलेन्समा निलो रङले लगाएर एम्बुलेन्स लेखिएको पनि मेटाएका थिए। उनले रङ परिवर्तन गर्दै एम्बुलेन्स लेखिएको ठाउँमा मोबाइल क्लिनिक लेखेर एम्बुलेन्स प्रयोगमा ल्याएका थिए।

पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित प्रयोगमा ल्याइएको भन्दै रास्वपाको आलोचना भएपछि एम्बुलेन्स फिर्ता गरिएको हो।

उक्त एम्बुलेन्स २०६९ सालमा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोग गरेको एम्बुलेन्स हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*