हेटौंडाबाट भन्सार छली गरेर ल्याएका सामानहरु बरामद

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट प्रहरीले भन्सार छली गरेर ल्याएका सामानहरु बरामद गरेको छ । बिभीन्न सवारीका साधनमा ल्याएका सामानहरु प्रहरीले बरामद गरेको हो ।

प्रहरीले पाँच लाख २७ हजार मुल्यबराबरका सामानहरु बरामद गरेको जनाएको छ । बसहरुमा लुकाई छिपाई ल्याएको अबस्थामा कपडा लगायतका सामानहरु बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बिरगंज बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४७३ नम्बरको बसमा यात्रु बस्ने सिटबाट काजु ६२ केजी, रजनी गन्ध १५ वटा सानो डब्बा, तुलसी सुर्ती ३ झोला बरामद गरिएको छ ।

यसैगरी २० बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख २४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर २ काटुन, फ्रेस क्रिम १ काटुन, अमुल घिउ २ काटुन बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस १ काटुन भित्र सानो काटुन २२ वटा, जुता २५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*