बागमती प्रदेशले लाइसेन्स छपाइ मेशिन खरिद गर्ने

हेटौंडा । कुनैपनि सवारी चालक अनुमती पत्र प्राप्त गर्नका लागि बागमती प्रदेशका जिल्लाहरुमा महिनौ सम्म कुर्नु पर्ने बाध्यता छ । संघीय सरकारसंग मात्र सवारी चालक अनुमतीपत्र छपाइ मेशिन भएको बागमती प्रदेश सरकारलाई झनै समस्या परेको छ ।

सवारी साधन मोटरसाइकल, कार, बस, ट्रक, टिप्पर, ट्याक्टर लगायतका साधनको ट्रायल पास भएपनि तत्काल सवारी चालक अनुमती पत्र नभएकै कारण प्रदेशभरमा निकै समस्या छ । सवारीचालक अनुमती पत्र (लाइसेन्स) को सट्टा यातायात व्यवस्था कार्यालयहरुलाई बुझाएको रसिद बोकेर ट्राफिक प्रहरीलाई देखाएर हिड्नुपर्ने बाध्यतामा चालकहरु रहेको बताउँछन् ।

अब भने चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सवारी चालक अनुमतीपत्र छपाइ मेशिन खरिद गर्ने तयारी रहेको प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसालले जनपत्रलाई जानकारी दिनुभयो ।

मेसिन खरिद कसरी गर्न सकिन्छ भनेर अहिले छलफलको चरणमा रहेको र यो आर्थिक वर्ष भरीमा सवारी चालक अनुमतीपत्र छपाइ मेशिन खरिद गर्ने र कार्ड छाप्ने मेसिन समेत खरिद गर्ने तयारीमा लागिएको मन्त्री लंसालले बताउनुभयो ।

सवारी चालक अनुमतीपत्र छपाइ मेशिन खरिदका लागि मन्त्रालयले ८ करोड रुपैयाँ छुट्याएको छ । अहिले संघीय सरकारले मात्र लाइसेन्स छपाइ गर्ने हुँदा ढिलाइ भएकाले अब प्रदेश सरकार आफैले यो मेसिन खरिद गरेर छपाइ सुरु गर्नुपर्छ भन्ने उदेस्यले बजेट छुट्याइएको उहाँले जनपत्रलाई बताउनुभयो ।

लाइसेन्स लिनका लागि ढिलाइ भयो भन्ने गुनासोलाई संबोधन गर्नका लागि मन्त्रालय तयार रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*