हेटौंडामा ट्याक्टर दुर्घटना हुदा दुइ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमानै मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना हुदा दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षिय जित बहादुर थिङको घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*