उपनिर्वाचनका उम्मेदवारहरुको नामावली आज प्रकाशन गरिने
काठमाडौं । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली सोमबार (आज) सार्वजनिक गरिँदै छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले सोमबार छानबिन गर्ने कार्यतालिका छ ।
आइतबार उमेदवारको विरोधमा उजुरी दिने समय थियो । सोमबार बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन गरिनेछ ।
मंगलबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । बैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २० जना र बझाङ १ ९क०मा प्रदेशसभा सदस्यको लागि १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।