हेटौँडाको तमु फार्मेसी निको अस्पतालका रुपमा संचालन

हेटौँडा । हेटौंडा–२ मा निको अस्पताल प्रा.लि थप सेवा सहित संचालनमा आएको छ । बिगत २ दशकदेखि तमु फार्मेसी तथा सुविधा पोलिक्लिनिकको रुपमा संचालनमा रहेको मेडिकल हाल थप सेवा सुविधा सहित अस्पतालका रुपमा संचालनमा आएको हो ।

१५ शैयाको यस अस्पतालमा अहिले २४ सै घण्टा इमर्जेन्सी सेवासहित विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य जाँच र उपचार गरिरहेका छन् । अस्पतालका संचालक सुधिर दाहालका अनुसार अस्पतालमा छिट्टै जनरल एनेस्थेसिया सहित मेजर अपरेशन समेत गरिने बताउनुभयो ।

अस्पतालमा हाल जनरल फिजिसियन सेवा, माईनर अपरेसन,मानसिक तथा नसा रोग, छाती, पेट, मुटु रोगको विशेषज्ञ डाक्टर द्वारा उपचार भइरहेको दाहालले बताउनुभयो । अस्पतालमा ओ.पि.डी. सेवा,भिडियो एक्स रे, एक्स रे, ल्याब सेवा, इसिजी, इको,इण्डोसकोपी तथा फार्मेसी सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु