बागमतीमा आज नयाँ सरकार बन्दै

काठमाडौं । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुनेछ ।

आइतबार शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

लामाले आज एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ । दाबी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।

बागमती प्रदेशमा नेपाली काँग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाड टुंगिएपछि आज दाबी पेश गर्न लागिएको हो । मन्त्रालयको भागबण्डा अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।

सोमबार मन्त्रालय भागबण्डा नमिलेकाले र एमालेमा मन्त्री छनौटको आन्तरिक समस्याका कारण मुख्यमन्त्रीमा काँग्रेसका लामाको दावी पेश गर्ने कार्यक्रम हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु