हेटौंडामा ग्यास बुलेटको ठक्करबाट ३ जना घाइते

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडा तर्फ जादै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतिय एलपी ग्याँस बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नंबरको कारलाई ठक्कर दिदां कारमा सवार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

ग्यास बुलेटको ठक्करबाट कार चालक जिल्ला स्याङ्जा अरुणचौपाही नगरपालिका वडा नम्बर– १ बस्ने ३३ वर्षिय चुडा बहादुर बिष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर–११ बस्ने ६३ वर्षिय पुरण श्रेष्ठ, कारमा सवार लम्जुङ बेसीसहर नगरपालिका वडा नम्बर–८ बस्ने १७ वर्षिय नेहा राना मगर घाइते भएका हुन् ।
उनीहरुको उपचारको लागी सन्चो अस्पताल हेटौडा पठाईएको, दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*