इजरायलमा आम हडतालको आव्हान
एजेन्सी । आज इजरायलमा आम हडतालको आव्हान गरिएको छ ।
इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा गरिएको आमहडतालका क्रममा इजरायको शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था समेत ठप्प भएको छ । सो युनियनले गाजा बन्धकहरूको समर्थनका लागि पूर्ण हडताल आव्हान गरेको हो ।
हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।
हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ । यसैबीच इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।