५५ अंकले घट्यो शेयर बजार

काठमाडौं– सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २।०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।

आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

प्रि–ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।

सोमबार ३२७ वटा कम्पनीहरूको शेयर कारोबार हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज १३ वटा समूहमध्ये कुनै पनि समूहको शेयर मूल्य बढेको छैन । आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम २।६७ प्रतिशतले घटेर ६ हजार ७१२.३५ विन्दुमा आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*