शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । शेयर बजारमा बुधबार पनि सामान्य गिरावट जारी रह्यो ।

तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ओरालो लागेर २५ सय ७६ कायम भएर थामियो ।

पटक पटक सकारात्मक रहेर २६ सय माथि पुगेको नेप्से अन्तिममा ऋणात्मक रहेर थामिएको हो ।

कारोबार थप खुम्चिएर ६ अर्ब तलै खुम्चियो । वाणिज्य बैंक र निर्जीबन बीमा समूह हरियो रहे बाहेक बाँकी समूह रातो रहे । वाणिज्य बैंक समूह करिब १ प्रतिशतले सकारात्मक रहेसंगै बजार केही थेगिएको हो ।

वित्त समूहमा सबैभन्दा उच्च साढें २ प्रतिशतको गिरावट आयो । लघुवित्त समूह १ प्रतिशतले ओरालो लाग्दा बाँकी समूह सामान्य दरले ऋणात्मक रहे । बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २० कम्पनीको १ करोड ४० लाख कित्ता शेयर जम्मा ५ अर्ब ६७ करोड बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार १ सय ६३ वटा स्टकको मूल्य घट्दा ७४ को बढ्यो । बुधबार कालिका लघुवित्त र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ८ प्रतिशत माथि कमाए । बुधबार पनि सीईडीबी हाइड्रोको सबैभन्दा उच्च साढे २० करोडमाथिको कारोबार भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*