इजरायली सेनाले अल जजिराको कार्यालयमा छापा मार्यो

काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ ।

आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ ।

उनका अनुसार आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । अल ओमारीले भने यसरी सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन् ।

गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*