न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
मकवानपुर । ईकमर्स साथी प्रा.लिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ ।पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए ।
तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ कुमालले बताए ।
तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न, विज्ञापन डिजाईन कस्टमाईज गर्न तथा कस्टम पेज बनाउन सिक्नेछन् । त्यस्तै सहभागीहरुलाई सर्च ईन्जीन अप्टीमाईजेसन र वेबसाईट सेक्युरिटीका विषयहरुमा समेत तालीममा सिकाइने छ।
तालिम थप प्रभावकारी बनाउनका लागि यसपटक २० जनाको सिट सिमित गरिएको छ । तालिमका लागि प्रिबुकिङ गर्ने पहिलो १० जना सहभागीहरुलाई फेसबुक मार्केटिङ सम्बन्धी कोर्स निःशुल्क उपलब्ध गराईनेछ । तालिमको शुल्क ६ हजार ५ सय रुपैयाँ तोकिएको भएता पनि प्रिबुकिङ गर्ने पहिलो १० जनालाई १० प्रतिशत छुटको पनि व्यवस्था भएको सिईओ कुमालले जानकारी दिएका छन् ।
विगत लामो समयदेखि वेबसाईट डिजाईन/ डेभलवमेन्ट सम्बन्धी तालिम दिँदै आएको ईकमर्स साथीबाट न्युज पोर्टल डिजाईनिङ/ डेभलवमेन्ट सम्बन्धी तालिम लिएकाहरुले अहिले सक्रिय रुपमा वेबसाईट डिजाईनमा लागेर लाभ पनि उठाईरहेका छन् ।
तालिममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।
ह्वाट्सएप ग्रुप = https://chat.whatsapp.com/LXZGNtOOHdC6sktNBdQlUT
फाराम भर्न = https://forms.gle/G5vAoQFtjKqEnoPWA