काठमाडौंको तापक्रम घट्यो

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । चिसो बढ्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।

चिसो बढे पनि उपत्यकाको मौसम भने सफा रहने जनाइएको छ । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले त्यसै अनुसार कार्य सञ्चालन गर्न विभागले सबैमा आग्रहसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*