देशैभर जाडो बढ्यो

काठमाडौं । निरन्तर तापक्रम घटेपछि देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

शुक्रबार काठमाडौंको न्युनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएकोमा आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियस नजिक पुगेको हो ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम –७ मा झरेको छ ।

मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशभर सामान्यतया मौसम सफा रहनेछ । तर, तापक्रममा भने गिरावट आउन सक्छ । सोमबार भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएको जाडो अझै बढ्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*