चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरिँदै

हेटौंडा । दक्षिण एसियाकै पहिलो मानिने मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए ।

सुरुङको पुनर्निर्माण सम्पन्न एक वर्षअघि नै भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन । ‘हामीले एक वर्ष अगाडि नै पुनर्निर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो,’ पोख्रेलले भने ।

निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सरकारले गर्ने छ । कर संकलन उपमहानगरले गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*