भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारकोक्रममा निधन भएको भारतीय सञ्चामाध्यमले उल्लेख गरेका छन् ।
सिंहको भारतीय समयअनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ ।
मनमोहन सिंह भारतीय अर्थतन्त्र सुधार नायक मानिन्छ। सिंहको ९२ वर्षको उमेरमा बिहीबार रातिनिधन भएको हो। उनको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन्।
सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री भएका थिए। उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।
सन् १९९१ देखि राज्य सभाका नेता भएका उनी सन् १९९८ देखि २००४ सम्म प्रमुख प्रतिपक्षी दलका नेता भएका थिए।