हेटौंडामा स्टक ब्रोकर-४८ को शाखा खुल्यो

हेटौँडा । हेटौँडामा शेयर ब्रोकरको नयाँ शाखा खुलेको छ । हेटौँडा-४ पारिजातपथ एस.के भवनमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड ब्रोकर नम्बर-४८ को शाखा खुलेको हो ।

आज बुधबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा त्रीशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडका प्रबन्ध निर्देशक गोविन्द दाहाल, कार्यकारी संचालक मनोज खड्का, संस्थापक गयाप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका पदाधिकारी, समाजसेवी हृयग्रीव आचार्य लगायत लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।    आम नागरिकमा शेयर बजारप्रतिको आकर्षण बढेको र लगानीकर्ताको हितको लागि व्यवस्थपित रुपमा हेटौँडामा चौथो शाखा विस्तार गरिएको कम्पनीका प्रबन्ध निर्देशक गोविन्द दाहालले बताए । साथै आउँदो दिनमा साढे २ अर्ब पुँजी पुराउने लक्ष्यसहित देशको विभिन्न ठाउँमा शाखा विस्तार गर्दै लैजाने दाहालले बताए ।

कम्पनीको उद्घाटनसँगै शाखाले मेरो शेयर र डिम्याट खाता खोल्ने, शेयर खरिद बिक्री तथा निक्षेप सदस्य सेवा सुचारु गरेको कम्पनीका हेटौँडा शाखा प्रमुख बिमल सञ्जेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*