बीमा साक्षरता अभियानलाई तिब्र बनाउनुपर्ने अर्थमन्त्री पौडेलको भनाई
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पु¥याउन बीमा साक्षरता अभियानलाई तिब्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बीमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्युनिकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुसलयतपूर्ण कर्जाको बीमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तिब्र बिस्तार, बीमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो ।