प्रधानमन्त्री ओली र कमल थापाविच भेटवार्ता

हेटौंडा । प्रधानमन्त्री केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा बिच आज बिहान भेटवार्ता भएको छ। भेटघाटको क्रममा प्रधानमन्त्री ओली र थापाविच देशको समसामयिक विषयमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

प्रधानमन्त्री ओलीद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको बर्तौलाले बताए ।
आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसदमा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने वताईरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको प्रधानमन्त्री ओलीको धारणा थियो ।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेको वारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*