एमाले थाहा नगर कमिटिको तीन महिने अभियान सुरु

थाहा । हालै बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै मकवानपुरको थाहा नगर कमिटीले पार्टीको तीनमहिने अभियान सुरु गरेको छ ।

माघदेखि चैतसम्मका लागि तोकिएको कार्यक्रम अनुसार शनिबार नगर कमिटीको पूर्ण बैठकले तीनमहिने अभियान सुरु गरेको हो । नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले जनताको घरघरमा पुगेर समस्या बुझ्न आग्रह गरे । २०८४ मा तीनै तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्न उनले निर्देशन दिए ।

जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जे लामा, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमलकुमार ढकाल, हरि गोपाली, डम्बर लामा, सुनिता दोङ, हरि मगर, पूर्वप्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्वनगर कमिटी उपसचिव उत्तम लामिछाने, जिल्ला जेष्ठ नागरिक मञ्च सदस्य प्रेमबहादुर आले मगर, पूर्वनगर कमिटी सदस्यहरु गुप्त बहादुर कार्कीलगायतको आतिथ्यता रहेको बैठकले विभिन्न ८ वटा प्रस्तावहरुमा निर्णय नगर कमिटी अध्यक्ष प्रधानले जानकारी दिए ।

उनका अनुसार बैठकले तीनमहिने अभियानअन्तर्गत टोल तहसम्म कार्यक्रम लैजान माघ १३ गतेसम्म वडा कमिटीहरुको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । वडा नं. २ र ३ को माघ ८ गते, वडा नं. ४ र ५ को माघ ९ गते, वडा नं. ६ र ७ को माघ १० गते, वडा नं. ८ र १० को माघ ११ गते, वडा नं. ११ र १२ को माघ १२ गते र वडा नं. १ र ९ को माघ १३ गते बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जनसंगठनहरुको इन्चार्ज तोकेको छ । अनेमसंघको इन्चार्जमा रामदेवी गोपाली, राष्ट्रिय युवा संघमा सुजन गोले, नेपाल खेलकुद महासंघमा कृष्ण बलामी, नेपाल उत्पीडित जातीय मुक्ति समाजमा रमेश नेपाली, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा केदार विष्ट, भूमि अधिकार तथा श्रमिक संगठन नेपालमा सुनिल खत्री, रिटर्नी फेडेरेसन नेपालमा विक्रम श्रेष्ठ र पवित्र गोपालीलाई अनेरास्ववियुको इन्चार्जको जिम्मेवारी तोकेको छ । यसअघि लक्ष्मण बर्तौलालाई अखिल नेपाल किसान महासंघको इन्चार्ज तोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु